Sunday, November 11, 2012

जीवन .........

सफल जीवन के होला ????
कसको जीवन?  के हो यो मानवको परिचय ?  बादर बाट बिकाश हुदै बनेको नया प्राणी, वा कसैगरी अरु जीव जन्तु बनस्पती झैँ उत्पत्ति भएको प्राणी, खै जसरि उत्पन्न भए को भए पनि अब त मानिसको बिगबिगी छ, जसको अफ्नो देश छ,भाषा छ, परिवार छ, आफन्तहरु छन् अनि परम्परा, तर यति सबै हुदा पनि अफ्नो परिचय खोजी रहेको हुन्छ, किन येस्तो यो मनुष्यको प्रकृति, सधै कुनै न कुनैको पछाडी दौडिरहेको हुन्छ, केहि न केहीको पछाडी, यो असन्तुष्टि नै मानव को सफलता हुनु पर्छ, जन्मे देखिको यो दौड मरुन्जेल्सम्म चलिरहेको हुन्छ, तर यो सब किन ? आखिर एकदिन खाली हात कता हो कता जानुछ, तर यसो भन्दैमा केहि नगरिकन त्यसै बिताउने पनि त होइन होला यो जिन्दगि , के गर्ने त? कसरि गर्ने त?
१) सोचाइमा सरलता
२) बौधिक तथा शारीरिक बिकाश
३) क्रोध, इर्श्या र भेदभाब बाट पर
४) अफ्नोलागी मागेर होइन अरुकोलागि दिएर बाच्ने
के यती  गर्न सकिएला त? यी कुराहरुलाई जित्न सकियो भने कति सरल अनि सफल  हुनेथियो होला यो जीवन.............