Sunday, July 14, 2013

एक दिन

आफु लाई चटारो छ काममा पुग्नुछ,हिजो नै राखेको अलाम  आज ६ बजे बिहान बजेर उठाउछ मलाई, अखा मिच्दै उठ्छु, अब मेरो दिन सुरु हुन्छ, सबै तयारी सुरु हुन्छ, हतार हतार एक पछी अर्को काम सकौदै जान्छु अब निस्कने बेला हुन लग्यो घडीमा बिहानको  ७:१५ हुन लग्यो ,बुडी ले तयार गरिदेकी खाजा खाएर हामी दुवै आफ्नो आफ्नो गन्तब्य तिर लाग्छौ , होस्टेल बाट बाहिर निस्केपछि २-३ मिनेट मा ट्राम स्टेशन मा पुग्छु, सयौ मानिषहरुको भिडभाडमा ट्राम चढेर १५  मिनेटमा  मेट्रो स्टेशन सम्म पुग्छु, जमिनको सतह बाट ३०० मिटर भन्दा पनि तल रहेको छ यो जमिन मुनि चल्ने रेल, ओहो यहाँ त झन् भिडभाड छ हजारौ मनिष हरुको मुस्लो माथि बाट तल जादै छ अनि उत्तिनै संख्यामा तल बाट माथि आउदै छन् , स्टेशन भित्र पसेपछि चेक पोस्ट मा या त टोकन कि म्याग्नेटिक कार्ड को प्रयोगले स्केलेटर तिर बढ्छु, तल जाने २ अनि माथि आउने २ स्केलेटर छन्,  स्केलेटर लामो छ, करिब ५ मिनेट मा बल्ल तल  पुग्छु, मनिष हरुको मुस्लो छ तर अचम्म कसैले कसैलाई धक्का दिदैनन नत हल्ला नै हुन्छ, १-२ मिनेट को फरक मा रेलहरु आइ नै रहन्छ, रेल आउछ ढोका खुल्छ मा पनि त्यहि हुल संग भित्र पस्छु रेलको डिब्बा भरि मान्छे नै मान्छे कोहि बसेका छन अनि धेरै जसो उभिएका छ, तिलको गेडा अट्ने पनि ठाउँ छैन तर पनि कसैले कसै लाई छुदैनन नत कुनै धक्का नै दिन्छन , रेल चल्न थाल्छ बिस्तारै गति बढ्दै जान्छा करिब ७०-८० कि मि प्रति घण्टा को बेग सम्म, तर मानिषहरु कतै नसमाई उभिएका पनि हुन्छन, हरेक दिनको मेहनत को फल हो त्यसरी उभिनु, सुरु मा त मलाई गारो हुन्थ्यो तर अहिले मेरो पनि बनि परेको छ कतै नसमाती उभिने, कोहि उभिएर पत्रिका पढ्छन अनि कोहि अनेक डिभाइस चलाई रहेका हुन्छन ,तर हल्लाखल्ला हुदैन, करिब २५-३० मिनेट मा म एउटा स्टेशनमा उत्रेर अर्को मेट्रो को लाइनमा म जान्छु, अर्को मेट्रो को पनि उस्तै हुन्छ चालामाला, अनि करिब १०-१५ मिनेट मा म मेरो गन्तब्य को स्टेशन मा पुग्छु, मेट्रो बाट बाहिर निस्केपछि मेरो केहीबेर को पैदल यात्रा सुरु हुन्छ, २०-२५ मिनेट मा ९  बजे म मेरो हस्पिटल पुग्छु , अनि कति बेला सम्म हस्पिटल मा हुन्छु त्यो भने हरेक दिन फरक फरक हुन्छा,अनि बेल्का फेरी त्यहि बाटो हुदै फेर्कन्छु, येसरी बित्छ बिदा बाहेकका हरेक दिनहरु :)

Sunday, November 11, 2012

जीवन .........

सफल जीवन के होला ????
कसको जीवन?  के हो यो मानवको परिचय ?  बादर बाट बिकाश हुदै बनेको नया प्राणी, वा कसैगरी अरु जीव जन्तु बनस्पती झैँ उत्पत्ति भएको प्राणी, खै जसरि उत्पन्न भए को भए पनि अब त मानिसको बिगबिगी छ, जसको अफ्नो देश छ,भाषा छ, परिवार छ, आफन्तहरु छन् अनि परम्परा, तर यति सबै हुदा पनि अफ्नो परिचय खोजी रहेको हुन्छ, किन येस्तो यो मनुष्यको प्रकृति, सधै कुनै न कुनैको पछाडी दौडिरहेको हुन्छ, केहि न केहीको पछाडी, यो असन्तुष्टि नै मानव को सफलता हुनु पर्छ, जन्मे देखिको यो दौड मरुन्जेल्सम्म चलिरहेको हुन्छ, तर यो सब किन ? आखिर एकदिन खाली हात कता हो कता जानुछ, तर यसो भन्दैमा केहि नगरिकन त्यसै बिताउने पनि त होइन होला यो जिन्दगि , के गर्ने त? कसरि गर्ने त?
१) सोचाइमा सरलता
२) बौधिक तथा शारीरिक बिकाश
३) क्रोध, इर्श्या र भेदभाब बाट पर
४) अफ्नोलागी मागेर होइन अरुकोलागि दिएर बाच्ने
के यती  गर्न सकिएला त? यी कुराहरुलाई जित्न सकियो भने कति सरल अनि सफल  हुनेथियो होला यो जीवन.............